गृहपृष्ठ एनआईसी एशिया क्यापिटलको दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष छुटको योजना

एनआईसी एशिया क्यापिटलको दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष छुटको योजना

nicasia-capital-newskarobar

एनआईसी एशिया क्यापिटलले दोस्रो वार्षिकोत्सवका अवसरमा नयाँ ग्राहकका लागि सेवा शुल्कमा विशेष छुटको योजना ल्याएको छ । सो सुविधाअन्तर्गत एनआईसी एशियाको डिम्याट खातामा फागुन २२ देखि चैत ६ गतेसम्मका लागि पूर्ण रुपमा निःशुल्क गरिएको छ भने एक महिनाका लागि फागुन २२ देखि चैत २२ सम्मका लागि लगानी व्यवस्थापन सेवासम्बन्धी सम्पूर्ण शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

nicasia-capital-2yearsएनआईसी एशिया क्यापिटलले स्थापनाकालदेखि नै गुणस्तरीय सेवामार्फत लगानीकर्तालाई पुँजीबजारमा सबल र सुसूचित भई लगानी गर्न प्रोत्साहन गर्दै आएको छ । डिम्याट खातासँगै एनआईसी एशिया क्यापिटलले पुँजीबजारमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्कासन तथा बिक्री प्रबन्धक, लगानी परामर्श सेवा र धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय ०७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु