गृहपृष्ठ प्रदेशस्तरीय ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

प्रदेशस्तरीय ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

रुपन्देहीको बुटवलमा प्रदेश स्तरीय ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु भएको छ । ७ वटा प्रदेशका ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । नेपालमा अपाङ्गता भएका व्याक्तिहरुको खेलकुदको प्रतिभालाई उजागर गर्नको लागि बुटवलमा पहिलो पटक राष्ट्रिय स्तरको ह्वीलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरिएको लायन्स क्लव अफ बुटवल सयपत्रीकी अध्यक्ष रोशनी पाण्डेले जानकारी दिइन ।

प्रतियोगीतामा १२ वटा टिमको सहभागीता छ । सात प्रदेशबाट पुरुषको ७ वटा टिम, प्रदेश १, ३, ५ र सुदुरपश्चिम प्रदेशबाट ४ वटा महिला टोली र नेपाली सेनाको विभागीय टोली गरी जम्मा १२ टिम को सहभागीता रहने कार्यक्रम संयोजक लायन्स क्लव बुटवलकी कार्यक्रम संयोजक एली क्षेत्रीले जानकारी दिइन् । प्रतियोगितामा महिला तथा पुरुष टिम प्रथमले २५÷२५ हजार दोस्रोले २०÷२० हजार तेस्रोले १५÷१५ हजार नगद पुरस्कार पाउने छन् ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु