गृहपृष्ठ साफ महिला च्याम्पियनसिप : टिकट दर बढाएपछि पदर्शन

साफ महिला च्याम्पियनसिप : टिकट दर बढाएपछि पदर्शन

पाँचौ संस्करणको साफ महिला फुलबल प्रतियोगिता अन्तर्गत खेलको टिकट मूल्य बढाएपछि विराटनगरमा खेलप्रमी दर्शकहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।

विराटनगरमा शुक्रबार हुने साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीच हुने फाइनल खेलको टिकट दर बढाएपछि स्थानीय फुटबल प्रेमी दर्शकहरुले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन् ।

विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् । टिकट काउन्टर ११ बजेदेखि खुल्ला गर्ने भनिए पनि अझै खुल्न सकेको छैन ।

यसअघिका सवै खेलको २ सय र ३ सय रुपैयाँमा खेल हेर्दै आएका दर्शकले आज फाइनल खेल हेर्न ५ सय रुपैयाँ खर्चनुपर्ने छ ।

प्रकाशित समय १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु