गृहपृष्ठ नेपाल VS भारत : पहिलो हाफ एक एककाे बराबरीमा
नेपाल VS भारत : पहिलो हाफ एक एककाे बराबरीमा
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल भारतबीच भइरहेको खेलमा दुबैटिमबाट बराबारी गोल भएको छ ।
पहिलो हाफमा दुबै टिमले बराबरी गोल गरेका हुन् ।विराटनगरस्थित शहिद रंगशालामा भारतले गोल गरेको ६ मिनेटपछि नेपालले गोल फर्काएको हो ।
नेपालका लागि साबित्रा भण्डारीले खेलको ३२ औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरी बनाएकी हुन् । यसअघि खेलको २६ औं मिनेटमा भारतका लागि डालिमाले गोल गर्दै खेलमा सुरूवाती अग्रता लिएको थियो।
प्रकाशित समय १५:४९ बजे

















