गृहपृष्ठ अर्थशास्त्री डा. मदन दाहालको निधन

अर्थशास्त्री डा. मदन दाहालको निधन

Dr. Madan Dahal_NewsKarobar

अर्थशास्त्री प्रा. डा. मदनकुमार दाहालको शुक्रबार दिउँसो निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको दिउँसो १ बजे निधन भएको हो।  दाहालको नौ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । उनी प्याङ्क्रियाजको रोगबाट पीडित थिए ।

२००४ सालमा जन्मेका डा. दाहालले त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए । डा. दाहाल त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुखसमेत रहिसकेका थिए भने उनी अर्थशास्त्रीहरूको संस्था नेपाल आर्थिक संघका अध्यक्षसमेत रहिसकेका छन् ।

डा. दाहालले मेगा बैंकका सञ्चालक समितिको संस्थापक अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु