गृहपृष्ठ मलेसियाद्वारा नेपालसामु ९३ रनको सामान्य लक्ष्य

मलेसियाद्वारा नेपालसामु ९३ रनको सामान्य लक्ष्य

आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको तेस्रो खेलमा मलेसियाले नेपालसामु ९३ रनको सामान्य लक्ष्य पेश गरेको छ ।

क्वालालाम्पुरमा टस हारेर पहिले ब्याटिङ थालेको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटियो । मलेसियाका इज्जत ड्यानियल फिक्रीले ३७ रनको योगदान गर्नुबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । ड्यानियलले ३ चौका र १ छक्का प्रहार गरेका थिए । मलेसियाका ८ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्नै सकेनन् ।

मलेसियालाई कम स्कोरमै रोक्न पवन सरार्फले ८.५ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ८ ओभरमा २ मेडन राख्दै ३, कमलसिंह ऐरी २ र सागर ढकालले १ विकेट लिए ।

प्रकाशित समय १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु