गृहपृष्ठ दाेस्राे खेलमा सन्दीप स्टाइलिस प्लेअर, चाैतर्फि तारिफ

दाेस्राे खेलमा सन्दीप स्टाइलिस प्लेअर, चाैतर्फि तारिफ

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दाेस्राे खेल खेलेका नेपाली बलर सन्दीप लामिछाने स्टाइलिस प्लेअरकाे पुरस्कार पाएका छन्। उनले एक लाख सहितकाे पुरस्कार जित्न सफल भए।
चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीप लामिछाने उत्कृष्ट ब ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिएका हुन् ।

सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनालाई १५ रनमा आउट गराएका थिए । जसकाे प्रतिफल दिल्लीले जित हात पार्न सफल भयाे।

तेस्रो ओभरमा मात्र २ रन खर्चेर सन्दीपले सुरेश रैनाको महत्वपूर्ण विकेट लिएका थिए । आफ्नो तेस्रो ओभरको पहिलो बलमा रैनालाई आउट गराएका थिए भने दोस्रो बल र तेस्रो बलमा १–१ रन खर्चे पनि बाँकी लगातार तीन बलमा डट बल फालेका थिए ।

यसअघि उनले आफ्नो दोस्रो ओभरमा ६ रन मात्रै दिएका थिए । सन्दीपको दोस्रो ओभरमा ३ बलको सामना गरेका भारतीय पूर्व कप्तान मेहन्द्रसिंह धोनीले ३ रन र सुरेश रैनाले ३ बलको नै सामना गर्दै ३ रन नै बनाएका थिए ।

३ ओभर बलिङ गरेका सन्दीपले १० रन मात्रै दिएर १ विकेट लिएका हुन् । सन्दीपको पहिलो ओभरमा स्टार खेलाडी शेन वाट्सनले ६ बल सामाना गरेपनि २ रन मात्रै बनाउन सकेका थिए । सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमा ५ बल डट फालेका थिए ।

सन्दीपले आफ्नो पुरै चार ओभरमा १ मात्र छक्का खाए । उनको अघि भारतीय कप्तान मेहन्द्रसिंह धोनी, स्टार खेलाडी सेन वाट्सन, सुरेश रैनना जस्ता खेलाडी निरिह बने ।

प्रकाशित समय ००:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु