गृहपृष्ठ एसीसी यू–१६ : नेपाल सेमिफाइनलमा प्रवेश

एसीसी यू–१६ : नेपाल सेमिफाइनलमा प्रवेश

नेपाल यू–१६ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्याण्ड विरुद्धको खेल वर्षाका कारण रद्द भएपछि समूह ए को विजेताका रुपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डको चियाङमाईमा भएको खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको विशाल लक्ष्य दिएको थियो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । जवाफमा थाइल्याण्ड एक ओभर ५ बलमा खाता खोल्न नपाउँदै १ विकेट गुमाएपछि वर्षा भयाे ।  वर्षाका कारण म्याच अम्पायरले खेल रद्द भएको घोषणा गरेपछि दुवै टिमले एक एक अंक बाँडे ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु