गृहपृष्ठ एसीसी यू–१६ : नेपालले मलेसियालाई दियो १ सय ४१ रनको लक्ष्य
एसीसी यू–१६ : नेपालले मलेसियालाई दियो १ सय ४१ रनको लक्ष्य
एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले मलेसियालाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डको चियाङमाईमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको हो ।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४०, दीपक बोहराले २३, विक्रम केसीले १७ तथा निदिल कुमार सिंहले १३ रन बनाए । अहिले मलेसियाले ब्याटिङ गरिरहेको छ ।
प्रकाशित समय १२:०७ बजे

















