गृहपृष्ठ एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई, मलेसिया ५९ रनले पराजित

एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई, मलेसिया ५९ रनले पराजित

nepalvsmalsysia-newskarobar

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको छ । थाइल्यान्डको चियाङमाईमा भएको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको मलेसिया ८१ रनमा अलआउट हुँदै उपाधि सुम्पिएको हो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४०, दीपक बोहराले २३, विक्रम केसीले १७ तथा निदिलकुमार सिंहले १३ रन बनाए ।

१४१ रनको लक्ष्य पछ्याएको मलेसियन टोली १ बल बाँकी हुँदा अलआउट भएको छ । मलेसियाका लागि ओपनर वान मोहम्मद अजामले १६ रन जोडे भने आठौं क्रममा ब्याटिङ गर्न आएका मोहम्मद हाजिक ऐमानले १८ रन तथा नवौं क्रममा आएका जिनेन्द्र मुरालीले १४ रन बनाए । अन्य ब्याट्सम्यान नेपालका बलरसामु टिक्न सकेनन् । नेपालका लागि विशालकुमार पटेलले ४ तथा दीपक बोहोराले ३ विकेट लिए ।

प्रकाशित समय १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु