गृहपृष्ठ पाकिस्तानी राजदूतले भने- लुम्बिनी सबैको श्रद्धास्थल

पाकिस्तानी राजदूतले भने- लुम्बिनी सबैको श्रद्धास्थल

pakastan-embassador-chif minister-newskarobar

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले भेटघाट गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर राजदूत जावेदले मुख्यमन्त्रीसँग भेट गरेका हुन् ।

भेटमा लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धाको स्थल भएको बताए । मुख्यमन्त्रीले लुम्बिनीसहित तराईका इलाका ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको चर्चा गरेका छन् ।

राजदूत जावेदले दुई मुलुकको लामो कूटनीतिक सम्बन्धमा कुनै समस्या नआएको र सम्बन्ध मजबुत रहेको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने विचार राखे । जवाफमा मुख्यमन्त्री पौडेलले सांस्कृतिक आदानप्रदान गर्न सकिने बताए ।

प्रकाशित समय १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु