गृहपृष्ठ पीएम कपको सेमिफाइनल समिकरण पूरा
पीएम कपको सेमिफाइनल समिकरण पूरा
प्रदेश ३ काठमाडौंमा जारी प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
सोमबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफ र प्रदेश ३ ले समान ४ खेलमा समान ३ मा जित र १ मा हारसहित ६–६ अंक जोडे पनि नेट रन रेटका आधारमा राष्ट्रिय टिमका कप्तान पारस खड्का सम्मिलित टोली समूह विजेता बनेको हो ।
योसँगै पीएम कपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रदेश ३ ले समूह बी को उप विजेता त्रिभुवन आर्मीसँग खेल्ने छ । समूह ए को उपविजेता एपीएफले समूह बी को विजेता पुलिससँग फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय १६:०८ बजे

















