गृहपृष्ठ सेयरमा दोहोरो अंकको गिरावट
सेयरमा दोहोरो अंकको गिरावट
साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
सेयरबजार परिसूचक नेप्से १२.८४ अंकले ओरालो लागेर १ हजार २ सय ९२.८४ अंकमा बन्द भएको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.६४ ले घटेर २ सय ७५.४८ अंकमा बन्द भएको छ ।
कूल १ सय ७१ कम्पनीको २१ लाख ७६ हजार ३ सय ७० कित्ता सेयर ८ हजार ४ सय ४७ पटकको कारोबारबाट कुल ६९ करोड ८७ लाख ३९ हजार ७ सय ६ रुपैयाँमा खरिदबिक्री भएको छ ।
सोमबार कारोबारमा आएका सबै समूहको परिसूचक घटेको हो ।
प्रकाशित समय १६:१६ बजे

















