गृहपृष्ठ पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि

पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि

pmcup-cricket-newskarobar

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि कब्जा गरेको हो ।

आर्मीले दिएको १२५ रनको लक्ष्य पछ्याएको पुलिसले ४०.३ ओभरमा लक्ष्य पूरा गरेको छ । पुलिसको जितमा अमित श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान दिए भने सुनिल धमलाले अभिजित ४२ रन बनाए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसके पनि कम स्कोर भएकाले पुलिसले सहज जित निकालेको हो ।

यसअघि, टस जितेर ब्याटिङ गरेको आर्मीले ३३.३ ओभरमा अलआउट हुँदै जम्मा १२५ रन जोडेको थियो । आर्मीका लागि सोमपाल कामीले ३५, राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहितकुमार पौडेलले १८ रन बनाए । कप्तान विनोद भण्डारी १ रनमा आउट भए । आर्मीलाई कम स्कोरमा रोक्न ललितसिंह राजबंशी र पवन सर्राफले समान ४/४ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच ललितसिंह राजवंशी बनेका छन् ।

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु