गृहपृष्ठ विश्वकप क्रिकेट : इंग्ल्यान्डद्वारा बंगलादेशलाई ३८७ रनको विशाल लक्ष्य प्रस्तुत
विश्वकप क्रिकेट : इंग्ल्यान्डद्वारा बंगलादेशलाई ३८७ रनको विशाल लक्ष्य प्रस्तुत
विश्वपक क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ३८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३८६ रन बनाएको हो ।
इंग्ल्यान्डका लागि ज्यासन रोयले सर्वाधिक १५३ रनको सानदार पारी खेले । १ सय २१ बलको सामना गरेका रोयले १४ चौका र ५ छक्काको सहयोगमा १५३ रन बनाउँदै टिमको स्कोर उच्च पार्न सहयोग पु-याए । त्यस्तै, जोस बट्लरले ६४ तथा जोन वैस्ट्रोले ५१ रन जोडे ।
विश्वकप क्रिकेट २०१९ मा अहिलेसम्मको सबैभन्दा ठूलो स्कोर हो यो । इंग्ल्यान्ड र बंगलादेशबीचको जारी खेल विश्वकपको १२औं खेल हो ।
प्रकाशित समय १९:०६ बजे

















