गृहपृष्ठ प्रधानमन्त्री ओली युरोप प्रस्थान

प्रधानमन्त्री ओली युरोप प्रस्थान

kp_oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो युरोप भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली शनिबार साँझ जेनेभाका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीले जेठ २७ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीलाई सम्बोधन गर्नेछन् । त्यही साँझ उनी बेलायत जानेछन् भने जेठ २९ गते फ्रान्स प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत छन् ।

प्रकाशित समय २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु