गृहपृष्ठ कोपा अमेरिका : कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

कोपा अमेरिका : कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा कतारलाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश पाएको छ । सोमबार बिहान भएको खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोलको खाता खोलेका थिए ।

कतारका डिफेन्डरले पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिएर मार्टिनेजले बललाई पोस्टको दिशा देखाएका थिए । ८२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ । कोलोम्बियाका लागि गुस्ताभो क्वेलारले गोल गरे । कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा पकड जमायो । ३ खेलमा ४ अंक जोडेको अर्जेन्टिना दोस्रो र २ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहे भने कतार १ अंकसहित पुछारमा रह्यो ।

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु