गृहपृष्ठ विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध अस्ट्रेलिया ८६ रनले विजयी

विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध अस्ट्रेलिया ८६ रनले विजयी

australia-newzealand-newskarobar

विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको दोस्रो खेलमा उपाधि दाबेदार मानिएको न्युजिल्यान्डलाई अस्ट्रेलियाले ८६ रनले हराएको छ । अस्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा अलआउट हुँदै १५७ रनमा समेटिएको हो ।

मिचेल स्टार्क ५ विकेट लिँदै न्युजिल्यान्डको इनिङ ध्वस्त पारेका थिए । न्युजिल्यान्डका लागि विलियमसनले सर्वाधिक ४० रन बनाए भने टेलरले ३० रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि उस्मान खवाजाले ८८ तथा एलेक्स क्यारीले ७१ रन बनाउनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । म्याक्सवेल १ रनमा आउट भएका थिए । जितसँगै अस्ट्रेलिया १४ अंकसहित तालिकाको पहिलो स्थानमा छ भने न्युजिल्यान्ड ११ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

ट्रेन्ट बोल्टको ह्याट्रिक
अस्ट्रेलियाविरुद्धको खेलमा न्युजिल्यान्डको ट्रेन्ट बोल्टले ह्याट्रिक गरेका छन् । अन्तिम ओभर बलिङ गरेका बोल्टले तेस्रो, चौथो र पाँचौं बलमा लगातार खवाजा, स्टार्क र बेरेन्ड्रफलाई पेभेलियन फर्काएका थिए । जारी विश्वकपमा यो दोस्रो ह्याट्रिक हो ।

प्रकाशित समय ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु