गृहपृष्ठ द कासाङ च्यालेन्ज : सुरज र इमिली च्याम्पियन

द कासाङ च्यालेन्ज : सुरज र इमिली च्याम्पियन

the-kasang-photo-newskarobar

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको अन्तराष्ट्रियस्तरको द कासाङ च्यालेन्ज २०१९ मा सुरज तामाङ र अमेरिकाकी इमिली लिटल च्याम्पियन बनेका छन् । छनोट चरणपछि शनिबार अपर सेतीमा सम्पन्न फुल च्यालेन्जमा पुरुषतर्फ सुरजले निर्धारित ३२ किमी (साढे ७ किमी साइक्लिङ, साढे ६ किमी रनिङ र ८ किमी कायाकिङ) १ घण्टा २५ मिनेटमा र महिलातर्फ विजेता बनेकी लिटलले १ घण्टा ३६ मिनेटमा पार गर्दै च्याम्पियन बनेका हुन् । विजेताहरुले मेडल र प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

पुरुष तर्फ दोस्रो बनेका प्रशान्त राई (१ घण्टा २५ मिनेट १५ सेकेन्ड) र र महिलातर्फ दोस्रो बनेकी अस्ट्रेलियाका लिज हेथ (१ घण्टा ४४ मिनेट) ले मेडल तथा प्रमाणपत्रसहित जनही ५० हजार हात पारे । त्यस्तै पुरुष र महिलातर्फ तेस्रो बनेका क्रमशः शक्तिमान गुरुङ (१ घण्टा २६ मिनेट ५७ सेकेन्ड) र सुधा राई (१ घण्टा ५४ मिनेट) ले मेडल तथा प्रमाणपत्रसहित जनही २५ हजारको हकदार बनेको च्याम्पियनका टेक्निकल संयोजक निम मगरले बताए ।

हाफ च्यालेन्जमा पुरुषतर्फ एपिएफका लक्ष्मण मल्लले साढे ७ साक्लिङ र साढे ६ किमी रनिङ ४१ मिनेटमा पार गर्दै मेडल तथा प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गरे । त्यस्तै दोस्रो बनेका नेपाल आर्मीका हिमाल टमताले ४२ मिनेटमा निर्धारित दूरी पार गर्दै मेडल तथा प्रमाणपत्रसहित नगद २० हजार हात पारे । तेस्रो बनेका आर्मीकै कमल ओलीले निर्धारित १४ किमी ४६ मिनेटमा पार गर्दै मेडल तथा प्रमाणपत्रसहित नगद १० हजारमा चित्त बुझाए ।

त्यस्तै महिला तर्फ एपीएफकी हुमा बुढा मगरले साढे ७ साईकिलिङ र साढे ६ किमि रनिङ ५१ मिनेटमा पार गर्दै प्रथम बनिन् । उनले मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्राप्त गरिन ।

त्यस्तै दोस्रो बनेकी सोही क्लबकै इन्द्रकला नेम्वाङले ५२ मिनेटमा निर्धारित दूरी पार गर्दै मेडल तथा प्रमाणपत्रसहित नगद २० हजार हात पारिन् भने तेस्रो बनेकी एपीएफकै निर्जला ताम्राकारले निर्धारित १४ किमी ५४ मिनेटमा पार गर्दै मेडल तथा प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँमै चित्त बुझाइन् ।

च्यालेन्जमा बिजेता तथा उपविजेता र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पुरस्कार वितरण गरेका थिए । कात्तिक ८ र ९ गते सञ्चालन भएको फुल र हाफ च्याम्पियनमा विभिन्न मुलुकका १०० भन्दा बढी खेलाडीको सहभागिता थियो ।

प्रकाशित समय ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु