गृहपृष्ठ पुरुष भलिबल : स्वर्णको लागि भारत र पाकिस्तान भिड्दै
पुरुष भलिबल : स्वर्णको लागि भारत र पाकिस्तान भिड्दै
१३औं दक्षिण एसियाली खेलुकद (साग)अन्तर्गत पुरुष भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई सोझो सेटमा पराजित पाकिस्तानले गर्दै स्वर्ण पदकको लागि भारतसँगको भेट पक्का गरेको हो ।
पाकिस्तानले फाइनल यात्राका लागि बंगलादेशमाथि २५-१५, २५-२१ र २६-२४ को संघर्षपूर्ण जित निकालेकाे थियाे । भारतले पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-१ को सेटले पराजित गर्दै फाइनलमा पुगेको छ । फाइनल आइतबार बेलुकी हुनेछ ।
प्रकाशित समय १६:०५ बजे

















