गृहपृष्ठ खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रुपा विजयी
खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रुपा विजयी
हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी उम्मेदवार रूपा शाही विजयी भएकी छन् ।
शनिवार भएको मतदानमा नेकपाकी शाहीले १ हजार चार सय ५४ मत प्राप्त गरिन् भने, उनकी प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत ल्याएकी छन् ।
त्यस्तै राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याए । दुई हजार ८ सय ६९ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित समय १५:५७ बजे
















