गृहपृष्ठ तेह्रौं साग : दोस्रो दिनसम्म नेपाललाई १५ स्वर्ण

तेह्रौं साग : दोस्रो दिनसम्म नेपाललाई १५ स्वर्ण

sag13-newskarobar

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिनसम्म नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँते र तेक्वान्दोमा ७–७ तथा ट्रायथलनमा एक स्वर्ण जितेको हो । ९ स्वर्ण अरु देशले जितेका छन् ।

सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २-२ स्वर्ण जितेका छन् । यसबाहेक नेपालले कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको छ । त्यस्तै नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक जितेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु