गृहपृष्ठ भुटानमाथि नेपालको ‘स्वाभाविक’ जित

भुटानमाथि नेपालको ‘स्वाभाविक’ जित

नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मंगलबार भएको खेलमा भुटानविरूद्ध ४-० को नतिजा निकालेको छ । झण्डै पाँच वर्षपछि दशरथ रंगशालामा उत्रिएको नेपालले भुटानविरूद्ध स्वभाविक जित हासिल गरेको हो । नेपालको राष्ट्रिय टोलीले भुटानसँग अहिलेसम्म हारेको छैन ।

खेलको ४ मिनेटमा गोल गर्दै कप्तान सुजल श्रेष्ठले नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको भुटानले दोस्रो हाफमा थप तीन गोल खायो ।

४९औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसको १५  मिनेट नबित्दै अभिषेक रिजालले नेपालका लागि तेस्रो गोल गरेका थिए।

७७औं मिनेटमा मिक्छेन तामाङले फ्रि-किकमार्फत गरेको प्रहार सोझै गोलमा परिणत हुँदा नेपालले ४-० को जित सुनिश्चित गर्‍यो । जितसँगै नेपालले तीन अंक  जोडेको छ ।

गत संस्करणको स्वर्ण विजेता नेपालले भोलि साँझ ५ बजे श्रीलंकासँग खेल्दैछ । राउन्ड रोबिन लिग पद्दतिमा जारी प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्।

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु