गृहपृष्ठ आहा रारा गोल्डकप : गान्टोक सिटीलाई पाखा लगाउँदै थ्रिस्टार सेमिफाइनलमा

आहा रारा गोल्डकप : गान्टोक सिटीलाई पाखा लगाउँदै थ्रिस्टार सेमिफाइनलमा

१८औं संस्करणको आहा रारा गोल्डकपमा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा पाहुना क्लब गान्टोक सिटीलाई पाखा लगाउँदै थ्रीस्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

७९औं मिनेटमा सन्जोक राईले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । निशान खड्काको पासमा मैदानको मध्यभागबाट बल अघि बढाउँदै सन्जोकले गरेको प्रहारमा गोलरक्षक निम्डुप लेप्चाले कुनै मौका पाएनन् । ८५औं मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्रीस्टारका गोलरक्षक पुर्ण चेम्जोङले बचाउ गरे ।

 इन्जुरी समयको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्रीस्टारको जितलाई दोब्बर बनाए । सुशानले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारका लागि ३-० को जित सुनिश्चित गरे ।

थ्रीस्टारले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले क्वार्टरफाइनलमा घरेलु क्लब सहारालाई ट्राइब्रेकरमा पराजित गरेको थियो । थ्रीस्टार र पुलिसको खेल फागुन २८ गते बुधबार हुनेछ ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु