गृहपृष्ठ रोनाल्डोले किने विश्वकै महँगो कार, मूल्य कति ?
रोनाल्डोले किने विश्वकै महँगो कार, मूल्य कति ?
तस्बिर इन्स्टाग्रामबाट
चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महँगो कार बुकिङ गरेका छन् । युभेन्ट्स स्टार रोनाल्डोले ८.५ मिलियन युरो अर्थात् करिब ७५ करोड मूल्यको विलासी कार ‘बुगाटी ला भोइटर नोइर‘ बुक गरेका हुन् । यो कार संसारकै महँगो र विलासी मानिन्छ । बुगाटी ला अहिलेसम्म १० पटक मात्र उत्पादन गरिएको छ ।
फुटबलर रोनाल्डोले उक्त कारसँगै बसिरहेको तस्बिरसमेत इन्सटाग्राममा सार्वजनिक गरेका छन् । कार प्रतिघण्टा ३८० किलोमिटरसम्म गुड्न सक्छ । यो कार २०२१ सम्म रोनाल्डोको हात पर्ने बताइएको छ । यो कार उनको हात पर्ने बेलासम्ममा ३० मिलियनसम्म पर्नसक्ने बताइन्छ ।
प्रकाशित समय १३:०० बजे

















