गृहपृष्ठ हुम्ली पत्रकारिताका गुरु जयबहादुरको कलमले कर्नाली लेखिरहनेछ

हुम्ली पत्रकारिताका गुरु जयबहादुरको कलमले कर्नाली लेखिरहनेछ

वरिष्ठ पत्रकार जयबहादुर रोकायाको शनिबार अपराह्न ६५ वर्षको उमेरमा निधन भयो । उनले हुम्लामा व्यावसायिक पत्रकारिताको जग बसालेका थिए ।

पञ्चायती व्यवस्थाको कालरात्रिको कठोर समयमा सचेतनाको बिगुल फुक्ने पत्रिका बेन्नुको प्रकाशन कालदेखि पत्रकारितामा आबद्ध कर्नालीका व्यावसायिक सिर्जनशील, ऊर्जाशील र खोज पत्रकारिताको माध्यमबाट कर्नालीको हुम्लालाई राष्ट्रिय स्तरमा चिनाउने हुम्ली पत्रकारिताका गुरु, सामाजिक अभियन्ता, हुम्ली कम्युनिस्टका अगुवालगायत विभिन्न क्षेत्रका अगुवा सर्जक जयबहादुर रोकायाको ६६ वर्षको उमेरमा २०७७ साल साउन १७ गते शनिबार दिउँसो ४ बजेतिर असामयिक निधन भएको छ ।

उनले कर्नालीको साझा आवाजको रुपमा प्रकाशन हुने बेन्नु पत्रिकामा आबद्ध भएर जेवी प्यासीको रुपमा लेख रचना प्रकाशन गरेका थिए । २०२४ सालपछि कर्नालीका जागरुक युवाको समूहले सुरुवात गरेको बेन्नु पत्रिकाको कोर टिममा सहभागी भएर पत्रकारिताको माध्यमबाट समाजलाई सचेत बनाउन ठूलो र कठिन संघर्षले नै हुम्लामा कम्युनिस्टका गुरु, पत्रकारिताका गुरु, सामाजिक सचेतनाका अग्रज र व्यवसायीहरुको साझा मञ्च उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष जस्ता विभिन पदमा रहेर प्रगतिशील समाजको निर्माणका लागि करिब एक वर्ष जेल बसेका रोकायालाई प्रगतिशील र फरक विचारका व्यक्तित्वको रुपमा सिमकोट गाउँपालिका ५ का धर्मराज रोकाया सम्झन्छन् ।

केही दिनको पक्षधातले बिरामी परेका रोकायालाई त्यही रोगले सधैँका लागि हामीमाझबाट चिरनिद्रा पुर्‍याएको छ ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका संस्थापक अध्यक्ष, उद्योग वाणिज्य संघ हुम्लाका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, स्नोल्यान्ड एकीकृत विकास केन्द्रका एक संस्थापक, रेयुकाईका संस्थापक अगुवा, कर्नाली पहिलो दर्ता पत्रिका पत्रिका हिमाली मुस्कान मासिकका व्यवस्थापकलगायत विभिन्न क्षेत्रका गुरु, अगुवा, संस्थापक, अग्रज तथा सामाजिक अभियन्ता जयबहादुर रोकायाको निधनले हुम्लालगायत सिंगो कर्नालीलाई अपुरणीय क्षति भएको पत्रकार राजन रावत बताउँछन् ।

विद्रोही, स्वाभिमानी, सरल, प्रगतिशील र सादा जीवन उच्च विचारका धनी रोकायाले हुम्लीलाई नयाँ बाटोमा लैजान सिकाएको हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाको संगाती अनुभव छ ।

केही दिनको पक्षधातले बिरामी परेका रोकायालाई त्यही रोगले सधैँका लागि हामीमाझबाट चिरनिद्रा पुर्‍याएको छ । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको आपतकालीन बैठक बसेर शोक प्रस्ताव पारित गरेको छ भने हुम्लाका पत्रकारिताका गुरु जयबहादुर रोकायाको नाममा अक्षय कोषको स्थापनासहित पत्रकारिता पुरस्कारको स्थापना गर्ने नेपाल पत्रकार महासंघ हुम्ला शाखाले जनाएको छ ।

उनी हुम्ला जस्तो दुर्गम जिल्लामा जन्मेर पनि विभिन्न अवसरलाई त्यागेर पत्रकारिता पेसामा लागेका थिए । ३० को दशकदेखि २०७६ सालसम्म लगातार पत्रकारिता गर्ने रोकाया कर्नालीका वरिष्ठ पत्रकार स्वर्गीय रत्नाकार देवकोटापछि हुम्लाको पत्रकारिताका गुरु नै हुन् । उनले पत्रकारिता क्षेत्रमा करिब पाँच दशक आबद्ध रहेर तीन दशक त पत्रकारितामा सक्रिय भूमिका खेले ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु