गृहपृष्ठ सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्यूनतम् ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (यूएई) मा छन् ।

सन्दीपसँगै अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपीएलको ड्राफ्टमा परेका छन् । सुमन हाल अस्ट्रेलियामा छन् । गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउनेछन् ।

आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए । लंका लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलंका क्रिकेट बोर्डले पहिलोपटक लंका प्रिमियर लिग आयोजना गर्न लागेको हो । लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु