गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा नहुने
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा नहुने
पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा नहुने भएको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भइसकेको भए पनि कोरोना महामारीका कारण प्रतियोगिता फागुनमा नहुने राखेप सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।
आठौंं राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २० गतेदेखि सुरू हुने मिति तोकेको थियो । ‘मिति अवश्य सर्छ । प्रतियोगिता हुनको लागि खेलाडीहरु पूर्ण तयारी हुनुपर्यो । कोभिडका कारण खेलाडीहरुले तयारी गर्न पाएका छैनन्,’ सदस्य श्रेष्ठले भने, ‘तयारी विनाको खेल त गर्नु भएन ।’ नवौं राष्ट्रिय खेलकुद, राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकबाट अर्को मिति तय हुने उनले बताए । ‘कोरोना महामारीकै कारण विश्वभर नै खेलकुदका गतिविधिहरु हुन सकिरहको छैन । पछिल्लोसमय केही प्रतियोगिताहरु हुन थालेका छन् । अब नेपालमा पनि बिस्तारै खेल गतिविधिले गति लिन्छ,’ उनले भने ।
नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा स्वीमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु तयार भइसकेको उनले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनको भनाइ छ ।
प्रकाशित समय १५:३६ बजे
















