गृहपृष्ठ रुसी मैदानमा पूरा होला रोनाल्डोको सपना ?

रुसी मैदानमा पूरा होला रोनाल्डोको सपना ?

व्यवसायिक फुटबलका सफल खेलाडी क्रिस्टियानो रोनाल्डो रुसी मैदानमा पोर्चुगललाई विश्वकपको उपाधी दिलाउन प्रयासरत रहँदा उनलाई रोक्न स्पेन उत्रदै छ । सम्भवतः रोनाल्डोका लागि यो अन्तिम विश्वकप पनि हुनसक्छ । त्यसैले आफ्नो चम्किलो ‘फुटबल करियर’मा विश्वकपको ट्रफि उचाल्ने अन्तिम प्रयासमा रोनाल्डो हुनेछन् भने उनलाई रोक्दै सन् २०१० को सुखद इतिहास दोहोर्याउन स्पेनले भरमग्दुर प्रयास गर्नेछ ।

शुक्रबार स्पेन र पोर्चुगल आमने–सामने हुँदा धेरैको ध्यान रोनाल्डोमा केन्द्रित हुनेछ । त्यतिबेला उनले आफ्ना प्रशिक्षक जुलेन लोपेटेगुईको अचानक भएको बर्खास्ती विर्सेर मैदानमा उत्रेको स्पेनको सामना गर्नुपर्नेछ । तर, रोनाल्डोले व्यवसायिक फुटबल खेल्ने रियल मड्रिडका ६ खेलाडी सम्मिलित स्पेनको राष्ट्रिय टोलीसँग उनका कमजोरीका बारेमा पर्याप्त जानकारी रहने छ ।

खेल जीवनमा विश्वकपको ट्रफी उचाल्न नसकेका ३३ वर्षीया रोनाल्डोको सन् २०२२ को विश्वकपमा खेल्ने सम्भावना कम छ । त्यसैले यो उनका लागि अन्तिम अबसर पनि हुनसक्छ । फ्रन्सलाई पराजित गर्दै २ वर्ष पहिले युरो कप जितेको पोर्चुगल सोही सुखद इतिहास दोहोर्याउन आज मैदान उत्रदैछ ।
स्पेनलाई हराउन सकेमा समूह बी बाट पोर्चुगल शीर्ष स्थान हासिल गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सक्छ । किनकी यस समूहमा रहेका अन्य राष्ट्र इरान र मोरक्कोलाई उपाधीको दावेदार मान्न फुटबल विश्लेषकहरु तयार छैनन् । तर, रुसको मैदानमा स्पेनले यसको ठीक विपरित नजिता निकाल्ने सम्भावना पनि उत्तिकै छ ।

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु