गृहपृष्ठ विश्वकपमा रोनाल्डोको रेकर्ड

विश्वकपमा रोनाल्डोको रेकर्ड

पोर्चुगललाई हारबाट जोगाउन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक सम्झनलायक रह्यो । समूह बी को पोर्चुगलको पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी गर्न रोनाल्डो नायक बने
पोर्चुगलका लागि तीनै गोल रोनाल्डोले गरे ।

स्पेनका लागि डिएगो कोस्टाले दुई तथा नाचोले एक गोल गरे । खेल अवधिभर पोर्चुगिस टोलीलेलाई स्पेनले दबाबमा राखेको थियो । तर, रोनाल्डोलाई रोक्न भने स्पेन पनि असफल भयो । ३३ वर्षका रोनाल्डोले चौथो मिनेटमा पेनाल्टीबाट गोल गरे ।

४४ औँ मिनेटमा स्पेनका गोलरक्षक डेविड जी हायाले गल्ती गरे । रोनाल्डोको प्रहार गोलमा परिणत भयो । यस्तै टिम हार नजिक रहेका बेला खेलको अन्तिम समयमा रोनाल्डोल फ्रि–किक मार्फत सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे र टिमलाई हारबाट पनि जोगाए ।
रोनाल्डो रुस विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । उनले आफ्नो खेल जीवनमा ५१ औँ पटक ह्याट्रिक गरेका हुन् । यस्तै रोनाल्डोको जस्तै त्यो ह्याट्रिक विश्वकपको इतिहासमा पनि ५१ औँ ह्याट्रिक हो ।

उनले विश्वकप छनौट चरणमा ३० तथा विश्वकपमा ६ गोल गरेका छन् । रोनाल्डो विश्वकपले पछिल्ला चार विश्वकपमा गोल गरेका छन् । उनले सन् २००६, २०१० र २०१४ को विश्वकपमा एक एक गोल गरे भने ।

यो विश्वकपको पहिलो खेलमात्रै तीन गोल गरे । उनी चार विश्वकपमा गोल गर्ने चौथो खेलाडी बनेका छन् । रोनाल्डोले राष्ट्रिय टिमबाट १५१ खेलमा ८४ गोल गरेका छन् ।

स्पेनसँगको खेलमा चौथो मिनेटमा गरेको गोलपछि उनी ८ वटा प्रमुख अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गोल गर्ने पहिलो खेलाडी पनि बने ।

रोनाल्डो विश्वकपको इतिहासमा सबैभन्दा धेरै उमेरमा ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन् । रोनाल्डो शुक्रबार ३३ वर्ष १३० दिनका थिए ।

यसअघि यो कीर्तिमान सन् १९७८ को जुनमा ह्याट्रिक गरेका नेदरल्याण्डसका रोब रेननसेन्ब्रिन्कको नाममा थियो । उनले इरानसँगको खेलमा ह्याट्रिक गरेका हुन् । उनी त्यो बेला ३० वर्ष ३३५ दिनका थिए ।

प्रकाशित समय ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु