गृहपृष्ठ मेस्सीको टोलीमाथि क्रोयशियाले बर्षायो गोल, अर्जेन्टिना ‘डेन्जर जोन’मा
मेस्सीको टोलीमाथि क्रोयशियाले बर्षायो गोल, अर्जेन्टिना ‘डेन्जर जोन’मा
विश्वकफ फुटबलको समूह ‘डी’अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनामाथि ३–० गोलको शानदार जित दर्ता गर्दै क्रोएशिया दोस्रो चरणमा प्रवेश गरेको छ ।
गोलकिपर काबालेरोको गल्तीबाट सुरु भएको अर्जेन्टिनाको पराजय श्रृङखला अन्तिम समयसम्म चल्यो । खेलको ५३ औं मिनेटमा काबेलेरोले गरेको गल्तीको क्रोएशियाका एन्टी रेबिचले फाइदा उठाइहाले । रिवकेको रिबेकले सोही गोलबाट क्रोएसियालाई सुरुवाती अग्रता दिलाए । खेल सकिन १० मिनेट बाँकी छदाँ मोड्रिकले उत्कृष्ट गोल गर्दै क्रोएसियाको अग्रतालाई दोब्बर पारेका थिए । थपिएको समयको पहिलो मिनेटमै राकिटिकले गोल गरे र क्रोएशियाको जित निश्चित गरे ।
क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए ।
पहिलो खेलमा विश्वकपमा नवप्रवेशी टिम आईसल्याण्डले अर्जेन्टिनालाई १–१ गोलको बराबरी रोकेको थियो । अर्जेन्टिनाले अब अन्तिम खेलमा अफ्रिकी मुलुक नाईजेरियासँग खेल्नेछ ।
जितसँगै क्रोएसियाले प्रतियोगितामा अन्तिम १६ को ढोका खोलेको छ । अर्जेन्टिना भने ‘डेन्जर जोन’मा पुगेको छ । अर्जेन्टिनाको सम्भवना अब आइसल्यान्ड र नाइजेरियाको प्रदर्शनमा निर्भर हुने छ । दुई खेलबाट ६ अंक जोड्दै क्रोयसिया तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिना एक अंक सहित तेस्रो स्थानमा छ । अर्जेन्टिना भन्दा एक खेल कम खेलेको आईसल्याण्ड दोस्रो र अंक विहिन नाईजेरिया तालिकाको पुछारमा छ ।
प्रकाशित समय ०७:०७ बजे

















