गृहपृष्ठ एसिया कप छनोटका लागि १५ सदस्यीय टोली घोषणा
एसिया कप छनोटका लागि १५ सदस्यीय टोली घोषणा
एसिया कप क्रिकेट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले टोली घोषणा गरेको हो । भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम १५ खेलाडी छनोट गरिएको हो ।
टोलीमा कप्तान खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी परेका छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, यूएर्इ, हङकङ, सिंगापुर र ओमान खेल्नेछन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, यूएर्इसँग भदौ १४, मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्नेछन् ।
प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् भने प्रतियोगिता जित्ने टोलीले यूएर्इमा हुने एसिया कपमा सहभागिता जनाउनेछन् । छनोटको विजेता टोलीले भदौ २८ गतेदेखि असोज १२ गतेसम्म यूएर्इमा हुने एसिया कपमा सहभागिता जनाउनेछ ।
प्रकाशित समय १८:१८ बजे

















