गृहपृष्ठ रेलमार्ग निर्माणबारे छलफल गर्न नेपाली टोली चीनतर्फ
रेलमार्ग निर्माणबारे छलफल गर्न नेपाली टोली चीनतर्फ
फाइल तस्बिर ।
केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न सरकारी उच्चस्तरीय टोली चीन गएको छ । भौतिक पूर्वाधार तथा यतायत मन्त्रालयका सचिव मधुसुधन अधिकारीको नेतृत्वमा रहेको टोली शनिबार मध्यान्ह चीन प्रस्थान गरेकोे हो । चिनियाँँ रेल विभागको निमन्त्रणामा नेपाली टोली बेइजिङ गएको रेल विभागले जनाएको छ ।
झण्डै १ सय किलोमिटरको काठमाडौं केरुङ परियोजनाका लागि चिनियाँ रेल विभागको टोलीले नेपालमा स्थलगत अबलोकन गरिसकेको छ । समुद्री सतहबाट २ हजार ८ सय मिटरको उचाईमा रहेको परियोजनाका लागि २ खर्ब ८० अर्ब लागत अनुमान गरिएको छ । चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदनमा कठिन भूगोल भए पनि रेलमार्ग निर्माण सम्भव रहेको तर उच्चस्तरको प्रविधि प्रयोग गर्नु पर्ने उल्लेख गरिएको जनाइएको छ ।
यस विषयमा दुवै देशका सरकारी प्रतिनिधिहरू बीच बेइजिङमा हुने छलफलले चीनसँग जोड्ने केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे अन्तिम रूप दिने जनाईएको छ । ‘टोलीले रेलमार्ग निर्माणका साथै चीनले नेपालमा गर्ने भनिएका अन्य परियोजनाका विषयमा त्यहाँको रेल विभागका उच्च अधिकारीसँग छलफल गर्नेछ,’ रेल विभागका अधिकारीहरु बताउँछन् ।
केरुङ–काठमाडौं रेलमार्ग सम्भाब्यता अध्ययनका लागि गठित टोलीसँग पनि नेपाली टोलीले छलफल गर्ने परारष्ट्रमन्त्रालयले जनाएको छ । टोलीले सोमबार र मंगलबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्नेछ ।
प्रकाशित समय १८:२८ बजे

















