गृहपृष्ठ टी–ट्वान्टी विश्वकप छनोट : नेपाल र म्यानमार भिड्दै

टी–ट्वान्टी विश्वकप छनोट : नेपाल र म्यानमार भिड्दै

nepali-cricket-newskarobar फाइल तस्बिर

टी–ट्वान्टी विश्व कपअन्तर्गत ग्लोबल छनोटको आफ्नो पहिले खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह बी अन्तर्गतको नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार सवा १२ बजे मलेसियाको किनरारा ओभल मैदानमा सुरु हुनेछ । नेपालको तुलनामा कमजोर म्यानमार नेपाललाई रोक्दै सुखद् सुरुवात गर्ने प्रयासमा हुनेछ ।

सन् २००६ मा एसीसी ट्रफीमा म्यानमारले नेपालको पहिलोपटक सामना गरेको थियो । जहाँ नेपाल १० विकेटले विजयी भएको थियो । सो बेला नेपालले म्यानमारलाई १० रनमै अलआउट गरेको थियो । ११ रनको लक्ष्य नेपालले मात्र दुई बलमा पूरा गरेको थियो ।

छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, सिंगापुर, चीन, थाइल्यान्ड, भुटान र म्यानमार रहेका छन् । यो प्रतियोगिताबाट एसिया छनोटका लागि शीर्ष तीन टोली पुग्नेछन् । सात टोलीले प्रतिस्पर्धा गर्ने एसिया छनोटबाट भने शीर्ष दुई टोलीमात्र विश्वकपमा पुग्नेछन् ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु