गृहपृष्ठ टी–ट्वान्टी विश्वकप छनोट : नेपालले चीनलाई १० विकेटले हरायो, ११ बलमै लक्ष्य पूरा

टी–ट्वान्टी विश्वकप छनोट : नेपालले चीनलाई १० विकेटले हरायो, ११ बलमै लक्ष्य पूरा

nepali-cricket-newskarobar फाइल तस्बिर

मलेसियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया उपक्षेत्रीय छनोटअन्तर्गत नेपालले आफ्नो पाँचौ खेलमा चीनलाई १० विकेटले पराजित गरेको छ ।

चीनले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य नेपालले ११ बलमै पुरा गर्यो । ओपनर विनोद भण्डारीले आक्रमक ब्याटिङ गर्दै ८ बलमा २४ रन जोडे । विनोदले १ छक्का र ३ चौका प्रहार गरेका थिए । अर्का ओपनर प्रदीप ऐरीले ४ रन जोडे ।

यसअघि चीनलाई सस्तैमा समेट्न बसन्त रेग्मी, ललित राजवंशी र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए । कसिलो बलिङ गरेका नेपाली बलहरुले चीनका ८ जना ब्याट्सम्यानलाई खाता नै खोल्न दिएनन् ।

समूह बीको शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै एसिया रिजनमा छनोट भइसकेको छ ।

प्रकाशित समय ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु