गृहपृष्ठ टी– २० विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल च्याम्पियन

टी– २० विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल च्याम्पियन

फाइल तस्बिर

आईसीसी टी– ट्वान्टी विश्वकप एसिया उपक्षेत्रीय छनोटमा नेपाल विजेता बनेको छ । सिंगापुरविरुद्धको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि रनरेटका आधारमा नेपाल विजेता बनेको हो ।

यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । जवाफमा ब्याटिङ थालेको नेपालले २ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र रद्ध भयो ।

प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् । अब एसिया उपक्षेत्रीय छनोट ए अन्तर्गतका तीन टोलीहरु यूएई। कुवेत र कतारसहित ६ टोलीबीच एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु