गृहपृष्ठ पिपिएलमा पोखराको विजयी शुरुवात, विराटनगर ५८ रनले पराजित
पिपिएलमा पोखराको विजयी शुरुवात, विराटनगर ५८ रनले पराजित
पोखरा प्रिमियर लिग (पिपिएल) मा पोखरा पल्टनले विजयी शुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
पोखराले दिएको १ सय ९८ रनको लक्ष्य विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार पहिलो खेल चितवन टाइगर्स र बुटबल ब्लास्टर्सबीच हुने छ । दोस्रो दोस्रो खेलमा धनगढी र काठमाडौं रोयल्स भिड्नेछन् ।
प्रकाशित समय १५:२७ बजे

















