गृहपृष्ठ पीपीएलमा चितवनको दोस्रो जित, काठमाडौं १३ रनले पराजित
पीपीएलमा चितवनको दोस्रो जित, काठमाडौं १३ रनले पराजित
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत चितवन राइनोजले दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा काठमाडौं रोयल्सलाई चितवनले १३ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । जितसँगै चितवन दोस्रो चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।
पोखरा रंगशालामा भएको खेलमा चितवनले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनायो । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।
प्रकाशित समय १२:५३ बजे

















