गृहपृष्ठ युवा क्रिकेटर सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्समै रहने
युवा क्रिकेटर सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्समै रहने
नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् ।
सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । सन् २०१९ को आइपिएलमा उनलाई अनुबन्ध गरेको रकम भने खुलाइएको छैन ।
सन् २०१८ को आइपिएलमा सन्दीपले दिल्लीका लागि तीन खेल खेल्दै पाँच विकेट लिएका थिए । सन्दीपले आइपिएलसँगै क्याराभिएन प्रिमियर लिग (सिपिएल), ग्लोबल टी–२० (क्यानडा) र अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलिसकेका छन् । उनी अष्ट्रेलियन बिग बास लिग र बङ्गलादेश प्रिमियर लिगका लागिसमेत छनोट भइसकेका छन् ।
रासस
प्रकाशित समय १२:५८ बजे

















