गृहपृष्ठ तिलोत्तमा प्रिमियर क्रिकेटको उपाधि लुम्बिनी कासाइलाई
तिलोत्तमा प्रिमियर क्रिकेटको उपाधि लुम्बिनी कासाइलाई
दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी कासाइ ग्लाडियटर्सले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा रोयल शंकरनगरलाई पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो ।
टस जितेर पहिला ब्याटिङ्ग गरेको लुम्बिनी कासाइले पुरै ओभर खेल्दै १ सय ४७ रन रन बनाएको थियो । जवाफी व्याटिङ्ग गरेको रोयल शंकरनगरले सबै विकेट गुमाएर ८५ रन मात्र बनायो । जीतसँगै लुम्बिनीले नगद ३ लाख पुरस्कार पाएको छ । उप विजेत बनेको शंकरनगरले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।
प्रकाशित समय १५:३७ बजे

















