गृहपृष्ठ आहा रारा गोल्डकप फागुन ९ देखि

आहा रारा गोल्डकप फागुन ९ देखि

पोखरामा सञ्चालन हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आउँदो फागुन ९ गतेदेखि हुने भएको छ ।

१७ औं संस्करणको प्रतियोगिता फागुन १८ गतेसम्म चल्ने आयोजक साहरा क्लबले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंगशालामा खेल हुनेछ । यसअघि माघ २९ देखि फागुन ११ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने भनिए पनि पोखरामा अर्काे फुटबल प्रतियोगिता एकैसाथ हुने भएपछि तालिका परिवर्तन गरिएको हो ।

प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लबहरु, मोफसलका टिम र आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता हुने बताइएको छ ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु