गृहपृष्ठ यातायात व्यवस्थापनका लागि यातायात विभागले ४६१ स्थानयि तहसंग गुहार माग्यो

यातायात व्यवस्थापनका लागि यातायात विभागले ४६१ स्थानयि तहसंग गुहार माग्यो

यातायात व्यवस्था विभागले यातायात क्षेत्रको सिण्डीकेट तोडेपछि ४६१ स्थानीय तहसंग यातायात व्यवस्थापनका लाग सहयोग माग गरेको छ । यातायात क्षेत्रमा समस्याको रुपमा रहेको सिण्डीकेट तोडिएपनि त्यसको व्यवस्थापन गर्न कठीन भैरहेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन् ।
‘यातायात विभागअन्तर्गत हामीले सम्पादन गर्नुपर्ने कामहरू थुप्रै छन् र त्यसमा धेरै समस्या छन्,’ महानिर्देशक भट्टराईले भने, ‘ती समस्यालाई समाधान गर्दै लैजानुपर्छ । सिन्डिकेटमा हामीले सबैभन्दा पहिले हात हाल्यौं ।’ उनले यातायत क्षेत्रमा सबैभन्दा जटिल समस्या भनेको नै सिण्डीकेट भएकाले त्यसमा हात हाल्नु परेको धारणा राखेका छन् ।
‘व्यवसायीहरू पनि सिन्डिकेट हटाउन सहमत भए । त्यसपछि हामीले रुट व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘रुट व्यवस्थापनका लागि हामीले राष्ट्रिय राजमार्गमा कस्ता र कति सवारी सञ्चालन गर्ने भन्ने एकिन गर्न लागेका छौं ।’ उनले कुन रुटमा कति सवारी आवश्यक पर्ने भन्ने विषयमा अध्ययन गरेर समस्या समाधान गर्न विभाग लगिरहेको जानकारी दिए ।
राष्ट्रिय राजमार्गसँगै जोडिएका अन्य राजमार्गहरूमा पनि कति र कस्ता सवारी सञ्चालन गर्न अनुमति दिने भन्ने विषयमा अध्ययन गर्न विभागले स्थानीय तहसंग सहकार्य गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा सवारी साधानलाई रुटको व्यवस्थापन गर्न लागिएको उनले जानकारी दिए ।
‘आगामी आर्थिक वर्षदेखि सबै राजमर्गहरुमा रुट व्यवस्थापन लागू गर्ने तयारीमा हामी लागेका छौं,’ महानिर्देशक भट्टराईले भने, ‘योसँगै बसपार्कको र टावरको पनि व्यवस्थाापन गर्नुपर्ने अवस्था छ । त्यसका लागि ४६१ वटा स्थानीय सरकारलाई सहयोग गर्न भनिरहेका छौं ।’
सार्वजनिक सवारीलाई डिजिटल टिकेटिङमा जाने विभागको तयारी छ । ‘ई–टिकेटिङको व्यवस्था भएपछि यात्रु कहाँ जाने, कतिबेला जाने र कुन सवारीमा जाने सबै त्यसैमा व्यवस्था हुन्छ,’ उनले भने, ‘त्यस्तै, सवारी दुर्घटनाका विषयमा पनि हामीले छलफल गरिरहेका छौं ।’

प्रकाशित समय ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु