गृहपृष्ठ नेपाल र यूएईबीच टि–२० सिरिजको पहिलो खेल आज
नेपाल र यूएईबीच टि–२० सिरिजको पहिलो खेल आज
फाइल तस्बिर
यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टी–२० खेल आज खेल्दैछ ।
नेपाल यूएईबीचको खेल नेपाली समयानुसार पौने ३ बजे दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ । ऐतिहासिक एकदिवसीय सिरिज २–१ जितेको नेपालले टी –२० सिरिज पनि जित्ने लक्ष्य लिएको छ ।
नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास कोर्ने मौका हुनेछ । एकदिवसीय सिरिजको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालको पछिल्ला दुई खेलमा भने सुधारिएको प्रदर्शन थियो । सिरिजको अन्तिम खेलमा कप्तान पारस खड्काले ऐेतिहासिक सतक समेत प्रहार गरेका थिए । यो सँगै नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ ।
गएको वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
प्रकाशित समय ०८:३८ बजे

















