गृहपृष्ठ पेट्रोल, डिजेल र मटितेलको मूल्यवृद्धि

पेट्रोल, डिजेल र मटितेलको मूल्यवृद्धि

petrol mulya-newskarobar

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मटितेलको भाउ २/२ रुपैयाँका दरले बढाएको जानकारी दिएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मटितेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको नयाँ मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

पुस १८ गते निगमले पेट्रोल, डिजल र मटितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको थियो । बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै छ । खाना पकाउने ग्यासमा अझै पनि प्रतिसिलिन्डर ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको आयल निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुनेछ ।

प्रकाशित समय ०६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु