गृहपृष्ठ पोखरा म्याराथनलाई अमेरिकीमा बस्ने नेपालीको सहयोग

पोखरा म्याराथनलाई अमेरिकीमा बस्ने नेपालीको सहयोग

pokhara_marathon

अमेरिकास्थित बोस्टन र न्यू ह्याम्पसायरमा बस्दै आएका नेपालीहरुले यही फागुन ७ गते पोखरामा हुने ‘१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’लाई सहयोग गरेका छन् ।

पोखरास्थित भूतपूर्व खेलाडी मञ्चको कार्यालयमा पुगेर मञ्चका अध्यक्ष तेज गुरुङलाई समाजसेवी तथा खेलप्रेमी यम पौडेलले बोसटन र ह्याम्पसायरमा नेपालीहरुले स्वतः स्फूर्त रुपमा संकलन गरेको ३ लाख रुपैयाँ हस्तान्तरण गरे । पोखरा म्याराथनलाई पहिलो पटक अमेरिकाबाट यस्तो सहयोग प्राप्त भएको हो ।

यसरी पोखरा म्याराथनलाई सहयोग गर्नेहरुमा बोष्टन र ह्याम्पसायरका सोम गुरुङ, कृष्ण खनाल, भुवन गुरुङ, यम पौडेल, झक गुरुङ, रत्न गुरुङ, टोप गुरुङ, माधव रानाभाट, शम्भु गुरुङ, किरण खड्का, दीपेन्द्र लामीछाने, कर्साङ लामा, हरि ढकाल, रुप शाक्य, सुन्दर गुरुङ, वरेगन विष्णु कार्की, भक्त गुरुङ, खड्ग गुरुङ, राजेश गुरुङ, विकास गुरुङ, जेशिका गुरुङ, सुर्य गुरुङ, धिरज पुन, पुष्कर न्यौपाने गौरव थपलिया, मिन गुरुङ, शुरेन गुरुङ,  दिल गुरुङ (माईकल) र अमेरिका ओरेगनका नारायण गुरुङ रहेका छन् ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु