गृहपृष्ठ यु–१८ आइटीएफ टेनिसमा पुरुषतर्फ जापान र महिलातर्फ भारत प्रथम

यु–१८ आइटीएफ टेनिसमा पुरुषतर्फ जापान र महिलातर्फ भारत प्रथम

tennis-final-newskarobar

अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा सम्पन्न १८ वर्षमुनिको आइटीएफ सर्किट २ टेनिस प्रतियोगितामा पुरुषतर्फ जापानका गेनी इनो र महिला भारतका रेन्नी सिंग्ला प्रथम भएका छन् । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा गेनीले भारतका उदयवीर सिंहमाथि संघर्षपूर्ण जित निकाले । उनले सिंहलाई ६–३, ५–७ र ७–६ को कठिन सेटमा पराजित गर्दै उपाधी कब्जा गरेका हुन् । महिला एकलमा भारतका सिंग्लाले चाइनाका ले यु लियुलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेकी हुन् ।

एकलतर्काफ विजेताले आइटीएफको ३०/३० अंक तथा उप–विजेताले १८/१८ अंक प्राप्त गरे । प्रतियोगितामा पुरुष डबल्सतर्फ जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले प्रथम स्थान हासिल गरेका थिए । हङकङकका केल लोक इन ताङ र इन्डोनेसियाका जेराल उपविजेता बने । महिला डबल्सतर्फ चाइनाकाले यु लियु र इटोङ झाङको जोडी प्रथम भए भने चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडीले दोस्रो स्थान हासिल गरे । डबल्सतर्फ प्रथमले २५/२५ अंक तथा दोस्रो हुनेले १३/१३ अंक आफ्नों आइटीएफ खातामा जोड्न सफल भए ।

विजयी खेलाडीलाई एक समारोहका बीच मेडलद्वारा पुरस्कृत गरियो । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा संघका महासचिव नविन चालिसे, आइटीएफ प्रतिनिधि प्रवीण नायक, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेललगायतले प्रतियोगिताका बारेमा बोलेका थिए ।

प्रकाशित समय ०६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु