गृहपृष्ठ अष्ट्रेलियामाथि भारतको ६ विकेटको जित
अष्ट्रेलियामाथि भारतको ६ विकेटको जित
अष्ट्रेलियाविरुद्ध सिरिजको पहिलो पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको त । शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट रंगशालामा यसअघि टस पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले भारतसामु २३७ रनको चुनौती पेश गरेको थियो । भारतले ४८ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि केदार जादब र महेन्द्रसिंह धोनी नायक सावित भए ।
जादब र धोनीले १४१ रनको साझेदारी गरेपछि भारतलाई सहज जित मिलेको थियो । जादबले व्यक्तिगत ८१ र धोनीले ५९ रन बनाउँदै नट आउट रहे । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४४ र रोहित शर्माले ३७ रन जोडेका थिए ।
अष्ट्रेलियाका लागि उस्मान खवाजाले ५०, ग्लेन म्याक्शवेलले ४०, मार्कस स्टोइनिसले ३७ र एलेक्स केरी ३६ रन बनाएका थिए ।
प्रकाशित समय ०७:३२ बजे

















