गृहपृष्ठ विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:५३ बजे

















