गृहपृष्ठ व्याडमिण्टनको टिम ईभेण्टबाट पोखरामा १३ औं सागको सुरुवात

व्याडमिण्टनको टिम ईभेण्टबाट पोखरामा १३ औं सागको सुरुवात

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा हुने व्याडमिण्टनको टीम ईभेण्ट अन्र्तगतको खेलबाट पोखरामा दक्षिण एसियाली खेलकुदको औपचारिक सुरुवात हुने भएको छ । यस प्रतियोगिता अन्र्तगत पोखरामा ८ वटा खेल हुँदैछन् ।

पोखरामा हुने व्याड्मिण्टनमा सहभागि हुन सातै देशका खेलाडी तथा अफिसियल पोखरा आईसकेको कास्की जिल्ला व्याडमिण्टन संघका अध्यक्ष डम्बरसिँह गुरुङले जानकारी दिए । ‘अन्तिममा पाकिस्तानको टिम आएको जानकारी पाईएको छ ।’ उनले भने, ‘भोलीबाट टिम ईभेण्ट सुरु हुन्छ र टिम ईभेण्ट सकिएपछि अरु ईभेण्टहरु हुनेछन् ।’

व्याडमिन्टन अन्र्तगत टिम इभेन्ट तर्फ मंसिर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन् भने मंसिर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन् । त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ मंसिर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुनेछ ।

१८ गते महिला तथा पुरुष सिंगल र डवल्सको क्वाटरफाईनल खेल हुने छ भने १९ गते सबै इभेन्टका सेमिफाइनल र २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मरासिनीले जानकारी दिए ।

महिला टिम तर्फ भारत र श्रीलका वाई पाएर क्वाटरफाईनमा प्रवेश गरेका छन् । यसै गरी पाकिस्तान र माल्दिभ्स अर्को खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन् । यसै गरि पुरुषतर्फ भारत र श्रीलकाले वाई पाएर सिधै क्वाटरफाईनलको यात्रा बनाएका छन् । पाकिस्तान र बंगलादेश र अर्को खेलमा नेपाल र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

विहान ९ बजे एक औपचारिक कार्यक्रम गरेर गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवि पुनले पोखरामा हुने १३ औं साग खेलकुदको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरामा हुने व्याडमिण्टनमा टिम ईभेण्टसँगै महिला पुरुष सिंगल, डबल्स र मिक्स ईभेण्ट पनि समावेश गरिएको छ ।

सहभागी सबै सात देशले सहभागी जनाउने एक मात्र खेल व्याडमिन्टनका लागि ९४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता २० मंसिरसम्म चल्नेछ । प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र १४ कास्य गरि २८ पदकका लागि खेल हुनेछ ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु