गृहपृष्ठ १३ औं साग : आज कुन–कुन खेल हुदैछन् ?

१३ औं साग : आज कुन–कुन खेल हुदैछन् ?

करातको महिला टिम काताका खेलाडीहरू ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज पनि विभिन्न खेलहरु हुने भएका छन् ।

कराँतेतर्फको अन्तिम ४ स्वर्णको खेल हुनेछ भने भने तेक्वान्दोतर्फ ६ तथा उसुतर्फ २ स्वर्ण पदकका लागि खेल हुने छन् ।

त्यस्तै फुटबल, एथ्लेटिक्स, गल्फ र साइकिलिंगका प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । आज ४ स्वर्णका लागि खेल भएसँगै कराँतेतर्फको खेल सकिने छ ।

त्यसैगरी तेक्वान्दोमा आज ६ स्वर्णको खेल हुदै छ । ६ स्वर्णको नतिजा आएपछि ६ स्वर्णको लागि बिहीवार प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

दशरथ रगशामा एथ्लेटिक्सको दोस्रो दिनको खेलहरू आज हुनेछन् भने गोकर्णमा गल्फको दोस्रो दिनको खेल हुनेछ । त्यस्तै गोकर्णमै साइक्लिङ पनि हुँदैछ । त्यसैगरी सातदोबाटोमा सुटिङ र टेनिसका खेलहरु हुनेछन् ।

यस्तै फुटबलअन्तर्गत लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल दशरथ रंगशालमा बेलुका ५ बजे हुने भएकाे छ ।

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु